१२ मंसिर २०८३, शुक्रबार

जसपाका अध्यक्ष उपेन्द्र यादवसङ स्पष्टीकरण माङ

एसीपी संवाददाता

१२ जेष्ठ २०७८, बुधबार ०२:०७ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष महन्थ ठाकुरले पार्टीको मूल्य मान्यता नीति तथा विधान विपरीत कामकारवाही गरेको भन्दै पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारवाही सम्बन्धी व्यवस्थानुसार स्पष्टीकरण सोधेका हुन् । उपेन्द्रलाई जवाफ पठाउन ३ दिनको समय दिइएको छ ।

हजारौ मधेसी लाभाम्वित नागरिकता अध्यादेशको विरोधमा रहेको कांग्रेस, माओवादी, माधव नेपालको मधेस विरोधी विपक्षी गठबन्धनमा लागेका उपेन्द्रलाई स्पष्टीकरण सोधिएको छ । विपक्षी गठबन्धनका नेता भीम रावलले मधेसीलाई भड्काउनेगरी भारतीयलाई नागरिकता बाँडिएको भनेर गरेको ट्वीट चौतर्फी आलोचना पछि हटाएका छन् । उनको मधेसमा पुत्ला जलिरहेका बेला यस्तो मधेस विरोधी गठबन्धनमा उपेन्द्र लागेका छन् ।

विपक्षी गठबन्धनकै उक्साहटमा उपेन्द्रले केही दिनअघि आफ्नो समूहको बैठक राखेर अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, संविधान संशोधन कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

त्यसलाई काउन्टर दिँदै अध्यक्ष ठाकुरले उपेन्द्रलाई ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

‘विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा गठवन्धनद्वारा गरिएको संघर्ष र आन्दोलनको कममा आन्दोलनकारी साथीहरु माथि लगाईएका झुट्ठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तीको निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु लक्ष्मण लाल कर्ण र सर्वेन्द्र नाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कार्वाहि प्रक्रिया अगाडी बढाउनु भयो ?’ स्पष्टीकरण पत्रमा सोधिएको छ ।

स्पष्टिकरणका विषयहरु :

१. पार्टी एकता भए देखि नै समायोजनमा रुचि नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु किन संचालन गर्नु भयो ?

२. मेरो जानकारी वेगर अनअधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठक वसि लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निस्कासन गर्नु भयो ?

३. तपाईले मिति २०७८-०२-०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड-१९ को महामारीको बढ्दो संक्रमणले २०७८-०२-०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितीको बैठक बोलाई एकल अध्यक्षता गरि पार्टी हित विपरित निर्णहरु गर्नु भयो ?

४. पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनअधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठकहरु बसि पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नु भयो?

५. विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा गठवन्धनद्वारा गरिएको संघर्ष र आन्दोलनको कममा आन्दोलनकारी साथीहरु माथि लगाईएका झुट्ठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तीको निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु लक्ष्मण लाल कर्ण र सर्वेन्द्र नाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कार्वाहि प्रक्रिया अगाडी बढाउनु भयो ?

६. तपाईले मिति २०७८-०२-०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६( ५) अनुसार प्रतिनिधि सभा सदस्य के.पी. शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८०२-०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो ?

७. तपाईले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्न भयो?

महन्थ ठाकुर अध्यक्ष

नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x