खोप उपलब्ध गराइदिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र
काठमाडौं । कोभिड १९ संक्रमणविरुद्धको खोपका लागि सरकारले पहल तीव्र पारेको छ । यसैक्रममा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र पठाइएको छ ।
सरकारको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षीलाई पत्र पाएकी हुन् । पत्रमा पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउन पहल गरिदिन विशेष अनुरोध गरिएको छ ।
भारतबाट २० लाख डोज कोभिसिल्ड खोप आउने भनिए पनि १० लाख मात्रै आएको छ । भारतमा कोभिड महामारी बढ्दा खोप निर्यातमा रोक लगाइएको छ । बाँकी १० लाख डोज खोप आउन बाँकी रहेका बेला राष्ट्रपतिको तहमा पहल थालिएको हो ।
राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । त्यस्तै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ ।


