१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा मानवअधिकारको चरम उल्लंघन

एसीपी संवाददाता

१४ जेष्ठ २०७८, शुक्रबार १६:२५ मा प्रकाशित

लाहोर । पाकिस्तानमा पछिल्लो समय मानवअधिकारको चरम उल्लंघन हुने गरेको तथ्यहरु सार्वजनिक भएका छन् । सन् २०२० मा पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूको जबरजस्ती रूपान्तरणदेखि लिएर महिलाविरुद्ध हुने अपराधका घटनाहरु बढिरहेका छन् ।

यससँगै अभिव्यक्ति स्वतन्त्रतामा कुण्ठित गरिएको छ भने अल्पसंख्यक समुदायका बेपत्ता पारिएका व्यक्तिहरुको पनि कुनै खोजी गरिएका छैन । सरकारले भने बेपत्ता पारिएका व्यक्तिहरुको खोजी गर्न र अपहरण गर्नेहरुलाई कारबाही गरिएको नगरिएकोसमेत पाकिस्तान मानव अधिकार आयोगले जानकारी दिएको छ ।

पाकस्तिानमा सन् २०२० मा मानवअधिकारको अवस्था शीर्षकमा रिपोटमा भनिएको छ, “महामारीको गम्भीर संकटको समयमा मुलुकमा अल्पसंख्यक समुदायमाथिको ज्यादती बढेको । यसलाई कम गर्न सरकारले पनि कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । सरकारले मानवअधिकारको हनन् हुन नदिन गम्भीर बनेको देखिँदैन ।”

बेपत्ता पारिएकाहरूको मुद्दाका विषयमा प्रतिवेदनमा भनिएको छ, जबरजस्ती बेपत्ता पारिएकाहरुको सम्बन्धमा अनुसन्धान गर्ने आयोगको स्थापना भएदेखि खैबर पख्तूनख्वा बेपत्ता भएका व्यक्तिको संख्याको सूची थप बढेको छ । डिसेम्बर २०२० सम्ममा खैबर पख्तुख्वामा मात्रै दुई हजार ९४२ जना बेपत्ता भएका छन् ।

पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताको बारेमा उक्त प्रतिवेदनमा भनिएको छ, “कम्तिमा १० पत्रकारको हत्या भएको छ भने धेरैलाई धम्की र अपहरण गरिएको छ । पत्रकार तथा अन्य पेशागत संगठनमा आवद्धहरुलाई नियन्त्रमा लिने र यातना दिने काम भइरहेको छ ।”

मिडियामा प्रतिबन्ध लगाइएको पनि एक वर्ष हुन थालेको छ । धेरै पत्रकारहरूले गैर राज्य वा राज्यका निकायहरुबाट प्रताडित हुन परेको अवस्था छ । सरकारले ईश्वरनिन्दालाई जबरजस्ती धर्म परिवर्तन र धार्मिक अल्पसंख्यक र गुटको सीमान्तिकरणका लागि प्रयोग गरिँदै छ ।

एचआरसीपीले २०२० मा कम्तिमा ३१ वटा जबरजस्ती धर्म परिवर्तन गराएका घटनाहरु दर्ता गरिएका छन् । जसमध्ये नाबालिगहरु संलग्न थिए । प्रहरी तथ्यांकले देखाउँदछ कि कम्तिमा ५८६ जनालाई ईश्वरनिन्दाको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।

महिला अधिकारका सवालमा आयोगले भन्यो, एचआरसीपीले घरेलु र अनलाइन हिंसाका गुनासोहरुमा वृद्धि भएको छ पाएको छ । जसले यो महामारीको बेला महिलाको बढ्दो जोखिमलाई दर्शाउँछ । प्रेसको प्रतिवेदनका आधारमा एचआरसीपीले ४३९ जनाको हत्या भएको घटना दर्ता भएका छन् । जसमध्ये १४८ पुरुष र ३६३ महिला रहेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x