१२ मंसिर २०८३, शुक्रबार

आफ्नो असफलताको दोस भारतलाई न देउ

एसीपी संवाददाता

१६ जेष्ठ २०७८, आईतवार ००:५१ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भारतको सत्तारुढ बिजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले काउन्टर दिएका छन् ।

बाबुरामले नेपालका हरेक गतिविधिलाई भारतीय नजरले मानसिकता अझै त्याग्न नसेको भन्दै चौथाइवालेले आलोचना गरेका हुन् ।

द हिन्दुको आर्टिकल शेयर गर्दै उनले बाबुराम अझै पनि जेएनयुको सपनामै रहेको बताए । बाबुरामले भारतको जेएनयु युनिभर्सिटीमा पढेका थिए ।

बाबुरामले पछिल्लो राजनीतिक घटनाक्रममा पनि भारतकै हात रहेको टिप्पणी गर्ने गरेका छन् । यसमा चौथाइवालेले आपत्ति जनाएका हुन् ।

नेपालको घरेलु राजनीतिमा कुनै पनि टिप्पणी गर्नका लागि बाबुराम स्वतन्त्र भए पनि भारतबारे उनको टिप्पणी उचित नभएको चौथाइवालेको भनाइ छ ।

‘आरएसएस र भारतप्रति उनको टिप्पणीबाट थाहा हुन्छ कि उनी अझै पनि जेएनयू सपनाको धरातलमा बाचिरहेका छन् एक आम कट्टर कम्युनिस्टको हिसाबले । बाबुरामजी आफ्नो असफलताका लागि हरेक कसैलाई दोषी ठहराउँदैछन्,’ चौथाइवालेले भने । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x