१२ मंसिर २०८३, शुक्रबार
भारत र बंगलादेश बिच व्यापार सहकार्य पत्रमा हस्ताक्षर
नयाँ दिल्ली । भारतले बंगलादेशसँग व्यापार सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बंगलादेशसँग निष्पक्ष व्यापार सहकार्य र अन्य विभिन्न तहमा द्धिपक्षीय सम्बन्ध कायम गर्नेबारे समझदारी पत्रमा भारतले सहमति गरेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले समझदारी पत्र स्वीकृत गरेको हो ।
यो सम्झौता अन्तर्गत भारत र बंगलादेशबीच व्यापार, सुचना आदानप्रदान जस्ता बिषयहरुलाई प्रोत्साहन गर्ने बताईएको छ ।
दुई देशबीच गलत व्यापार अभ्यास लाई कम गर्दै नियममा आधारित व्यापार सम्बन्ध कायम गर्ने समझदारी पत्रमा उल्लेख छ । स्रोत द इन्डीपेनडेन्ट
Subscribe
Login
0 Comments


