खोप बेच्ने चीनको नयाँ चाल : सावधान नेपाल
काठमाडौं । उत्तरी छिमेकी चीनले हालै १० लाख डोज कोभिड १९ खोप अनुदानमा उपलब्ध गराउने घोषणा गर्यो । यो सहायताले उत्तरबाट अझै थप खोप पाउन मार्ग प्रशस्त भएको आशा गरिएको छ । तर वास्तविकता भने त्यस्तो छैन । अधिकारीहरुका अनुसार चीनबाट खोप गर्नु त्यति सजिलो छैन जति सहज रुपमा सोचिएको छ ।
विभिन्न मन्त्रालयका सरकारी अधिकारीहरु र बेइजिङस्थित राजनीतिज्ञसँग काठमाडू पोस्टले गरेको कुराकानीमा नेपालाई खोप दिन चिनियाँ खोप कम्पनी सिनोफार्मले गोप्य सम्झौताको शर्त राखेको छ ।
नेपालले व्यापारी प्रयोजनका लागि खोप खरीद गर्न एक गुप्त (नन-डिस्क्लोजर) सम्झौतामा हस्ताक्षर गर्नुपर्ने चिनियाँ कम्पनीको प्रस्ताव छ ।
गुप्त सम्झौता एक त कानूनी हिसाबले बाध्यकारी अनुबन्ध हो । अर्कोतिर गोपनीय सम्बन्ध स्थापित गर्नुको अर्थ मूल्यसहित कयौं विवरण सार्वजनिक गरिनेछैन । गोप्य राखिनेछ ।
स्वास्थ्य सेवा विभागका महानिदेशक दीपेन्द्र रमन सिंहले सिनोफार्मले विभागलाई एक गोप्य सम्झौताको प्रस्ताव गरेको बताए । तर यसमा विस्तृत बताउन चाहेनन् ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले प्रस्तावित गोप्य सम्झौतामा मूल्य र विशिष्टताहरु सहित एक दर्जन भन्दा बढी मुद्दा समावेश छ । जसलाई नेपालले मान्नुपर्नेछ ।
गोप्य सम्झौताको विशिष्टतामा व्यापार रहस्य, बौद्धिक सम्पत्ति, उत्पादन सूत्र, विकास अन्तर्गत उत्पादनका बारेमा जानकारी, कम्प्यूटर कोड, वित्तीय जानकारी, अन्य कंपनीहरुसँग करारीय समझौता र अन्य चिजहरुको स्वामित्वलगायत विविध जानकारी पर्दछ ।
यो गोप्य सम्झौतापछि मात्रै सिनोफार्मले नेपाललाई कति डोज दिने, मूल्य कति र वितरण कार्यक्रमका बारेमा जानकारी दिने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।
तर नेपालको सार्वजनिक खरीद ऐन र हालै आएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा भने गोप्य सम्झौताबारे केही उल्लेख छैन । यद्यपि दुबै सरकार असाधारण परिस्थितिमा प्रतिस्पर्धी बोली बिना नै आपूर्तिकर्ताबाट वा निर्माताबाट सिधै खरीद गर्नका लागि अनुमति दिन्छन् । जसलाई जि टु जि पनि भनिन्छन् ।
सार्वजनिक खरीद अनुगमन कार्यालयका एक अधिकारीले कानुन अनुसार राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील रक्षासँग सम्बन्धित सामग्रीबाहेक अन्य सबै खरीदको विवरण सार्वजनिक हुनुपर्ने बताए । चिनियाँ कम्पनीको शर्त कानुनविपरीत भएको उनको भनाइ छ ।
नेपालको खरीद कानूनले पारदर्शिता र निष्पक्षतालाई सुनिश्चित गर्ने भन्दै उनले यदि कुनै नागरिकले सूचना अधिकार ऐनअनुसार खरीद विवरण मांगे सरकारले यस्तो विवरण उपलब्ध गराउनुपर्ने बताए । गोप्य सम्झौता गरेर चीनबाट खोप किन्नु निकै अफ्ठेरो र असम्भव जस्तै हुने जानकारहरु बताउँछन् । पहिलो त हाम्रो देशको खरीद कानुनले दिँदैन। दोस्रो नेपालको योजना दातृ निकायको फण्डबाट खोप किन्ने भन्ने छ ।
पूर्व अर्थसचिव रमेश खनालले केही रक्षा सम्बन्धी खरीदका अलावा नेपालले गोप्य सम्झौताको अभ्यासमा सहभागी हुन नसक्ने बताए । यदि हामी दातृ नियोगबाट पैसा लिइरहेका छौं भने हामीले अन्य चिजसँगै दररेट, लागत र रसिद र परिवाहन मुद्दा जस्ता खरीद विवरणको खुलासा गर्नुपर्ने खनाल बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गोप्य सम्झौताको एक शर्तमा सम्झौताको जानकारी कुनै तेस्रो पक्षलाई नगराउने भन्ने छ । जुन नेपालका लागि असम्भव जस्तै छ । किनभने विदेशी फण्डबाट खरीद गर्दैछ । एक अधिकारीले भने यदि हामी विश्व बैंक र एशियाली विकास बैंक जस्ता दातृ नियोगबाट प्राप्त बजेटबाट कुनै पनि सामान वा सेवा खरीद गर्छौ भने हामीले खरीदसँग सम्बन्धित सबै दस्तावेज उनीहरुलाई जानकारी गराउनुपर्छ ।
सरकारको योजना अन्तर्राष्ट्रिय विकास निकायको पैसाबाट कोभिड-१९ को खोप खरीद गर्दैछ । सरकारले खोप खरीदका लागि विश्व बैंकसँग ७५ मिलियन डलर ऋण सम्झौता र एडिबीसँग १५० मिलियन डलर सहायताका लागि पहल गरिरहेको छ । यस्तोमा जसबाट पैसा लिएर खोप खरीद गरिएको हो उसलाई मूल्य निर्धारण र अनुबन्ध जस्ता दस्तावेज देखाउनुपर्छ ।
गोप्य सम्झौताका माध्याबाट खरीद गर्नका लागि सरकारले आफ्नै स्रोतको प्रयोग गरे वनि अफ्ठेरो छ । किनभने पारदर्शिताको प्रश्न उठ्ने छ । नागरिकले सोध्न सक्छ हाम्रो करको पैसा कसरी खर्च गरिँदैछ । त्यसको नेपालमा स्वास्थ्य सामग्री खरीद र खोप खरीदमै पनि कमिसन तथा अनियमितता भएको भनेर उठिरहेको छ । यस्तोमा चीनसँग गोप्य सम्झौता भएका यो प्रश्नले विकराल रुप लिनेछ ।
यहीँ कारण स्वास्थ्य मन्त्रालय यो सम्झौताबाट पछि हटेको छ । यो सम्झौता भयो भने चिनियाँ कम्पनी नेपालमाथि हावी हुनेछ । महंगो मूल्य हुनेछ । कानुनी बन्धनमा अधिकारीहरु पर्न सक्छन् ।
चीनको शर्तले नेपालको खरीद खोप योजनामा बाधा पुगेको छ । ढिलाइ भएको छ । जसले कोभिड विरुद्धकै लडाईमा नेपाललाई कमजोर बनाएको छ ।
ट्रान्सपरेन्सी इन्टर्नेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी वर्तमान कानून बमोजिम गोप्य सम्झौतामा हस्ताक्षर गर्न नमिल्ने बताउँछन् ।
सरकारका पूर्व सचिव रहेका रेग्मीले भने, ‘मैले मूल्य, विनिर्देश, आपूर्तिकर्ता र खरिदकर्ताको खुलासा नगरी सामान किन्दाको बारेमा कहिले पनि भनेको छैन। मलाई लाग्दैन कि यस्तो सम्झौताको कुनै कानुनी आधार छ कि सरकारी एजेन्सीहरूलाई खरिद प्रक्रिया र प्रक्रियालाई सिधा आपतकालीन अवस्थामा सिधा चाँडो ट्र्याक गर्न अनुमति दिने प्रावधान बाहेक।” नागरिकलाई उनीहरुको करको पैसा कसरी खर्च भैरहेछ जान्ने अधिकार रहेको उनको भनाइ छ । नेपालपाना


