१२ मंसिर २०८३, शुक्रबार

रेशम चौधरी जेल मुक्त हुँदै राजनीति तर्फ सकृय हुने निश्चित

एसीपी संवाददाता

२० जेष्ठ २०७८, बिहीबार ०४:३१ मा प्रकाशित

काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबिच मंगलबार ६ बुँदे सहमति भयो । सहमतिले थारुका मुद्दालाई सम्बोधन गर्ने वातावरण बन्यो । जसले थरुहटमा खुसियाली छाएको छ । यतिमात्रै होइन थरुहटका जनप्रतिनिधि रेशम चौधरी नै छुट्ने माहोल सिर्जना भएको छ । यो पहल गर्ने नेता हुन् जसपाका अध्यक्ष महन्थ ठाकुर । मधेस मुद्दाका साथसाथै थरुहट मुद्दा सम्बोधनका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष पहल गरे । रिजल्ट सबैका सामु देखिएको छ । यो पहलका लागि रेशम चौधरीका बुवा लालवीर नतमस्तक छन् । रेशमको परिवारमा खुसीको बहार आएको छ । घरको मुख्य सदस्य एवं थारु जनताका लिडर छुट्ने भएपछि ।

६ बुँदे सहमतिप्रति सकारात्मक र आशावादी लालवीरले अब रेशम चाँडै जेलमुक्त भएर फर्किने विश्वास व्यक्त गरे ।

टीकापुरमा घटनामा मुख्य अभियुक्त बनाइएका रेशमलाई छोड्न जसपाका अध्यक्ष महन्थ ठाकुरले लामो समयदेखि अडान राख्दै आएका थिए । सरकारले बल्ल आएर सुनेको छ । लालवीर उक्त घटनालाई राजनीतिक भन्छन् । तर कानुनी प्रक्रियामा गएकाले हुनाले सरकारले सहजीकरण गरिदिँदा अब छिटो टुंगोमा पुग्ने उनको विश्वास छ ।

प्रशासनले तत्कालीन समयमा एकलौटी हिसाबले मुद्दा अगाडि बढाउँदा अहिलेको अवस्था सिर्जना भएको र यसलाई करेक्सन गर्ने राज्यको निर्णय स्वागतयोग्य भएको लालवीर बताउँछन् ।

सरकार र थारु कल्याणकारिणी सभाबीच मंगलबार टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको थियो ।

६ बुँदे सहमति पत्रमा थरुहट/थारुवान आन्दोलनका क्रममा ज्यान गुमाइ राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

रेशम चौधरीको पुनरावलोकन मुद्दा हाल सर्वोच्च अदालतमा विचाराराधीन छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x