१२ मंसिर २०८३, शुक्रबार

नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दावी गरेपछि नयाँ तरंग

एसीपी संवाददाता

२१ जेष्ठ २०७८, शुक्रबार ०२:२१ मा प्रकाशित

काठमाडौं । बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दावी गरेपछि नयाँ तरंग ल्याएको छ ।

ट्याबलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाल बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो । नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लागाएको समाचारमा दावी गरिएको छ ।

नयाँ भेरियन्ट भेटिएको दावी नेपालका स्वास्थ्य अधिकारीहरुलाई समेत आश्चर्यको विषय बन्यो । ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्य चकित भएका छौं’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल भन्छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x