१८ आश्विन २०८३, आईतवार

दलित युवा माथि निर्घात कुट पिट

एसीपी संवाददाता

२२ जेष्ठ २०७८, शनिबार ०१:५६ मा प्रकाशित

रौतहटको दुर्गा भगवती गाउँपालिका– ५ का विकास पासवान निर्घात कुटिएका घटनामा दोषीलाई कारबाही गर्न दलित समुदायका सांसद र अगुवाहरूले माग गरेका छन् । ती युवालाई कुटपिट गरेको घटनाको भिडियो बाहिरिएसँगै चौतर्फी घटनामा संलग्नलाई कारबाही गर्न आवाज उठेको छ ।

राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवानले दुर्गा भगवतीपुर गाउँपालिकाका किसुन्देव गिरीले सार्वजनिक स्थानमा दलित युवालाई निर्मम तरिकाले गरिएको कुटपिट २१औँ शताब्दीको मानवताविरोधी कार्य रहेको भन्दै रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि माग गरेको जनाएको छ ।

दलित सरोकार मञ्च नेपाल कञ्चनरूप नपा– ८ सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले चिट्टी लेखेको आशंकाकै भरमा दलित युवकमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । जेठ २१ गते देशभर सरकारी तथा गैरसरकारी कार्यालयहरूले जातीय छुवाछुत भेदभाव उन्मूलन दिवस मनाइरहेको वेला सार्वजनिक रूपमा भएको कुटपिटको घटनाले दलितसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको अवस्था ज्यादै फितलो रहेको संस्थाका अध्यक्ष मरिकले बताए ।

त्यस्तै, बहुजन समाज परिषदका अध्यक्ष हरिनन्द अम्बेडकरले दोषीलाई कारबाहीको गर्न माग गर्दै तत्काल कारबाही नभए निषेधाज्ञा उल्लंघन गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कक्षा ११ मा पढ्ने पासवानलाई वडा नम्बर ४ बस्ने किन्सीदेव गिरीले बाँधेर कुटपिट गरका हुन् । किन्सीदेवसँगै उनका छोराहरू सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताए ।

घटना बिहीबारकै भए पनि प्रहरीले अझै बाहिर ल्याएको छैन । दुर्गाभगवती– ५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए । नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x