१२ मंसिर २०८३, शुक्रबार

जुनियरलाई उपप्रधानमन्त्री दिएको भन्दै मन्त्री त्रिपाठि आफै बाहिर

एसीपी संवाददाता

२२ जेष्ठ २०७८, शनिबार ०५:०५ मा प्रकाशित

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृवको सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयेश त्रिपाठी । अहिले उनी मन्त्री पद आफै छोडेर बाहिर आएको बताए ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् । उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको स्पष्ट पारे ।

आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’

ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । उनीहरु दुवै आफूभन्दा जुनियर रहेको त्रिपाठीको संकेछ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x