जनकपुर धामको जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न पहल
काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेलगत्तै सम्माननीय पहल चालेका छन् ।
पर्यटनमन्त्रीका रुपमा शुक्रबार शितल निवासमा आयोजित समारोहमा मन्त्री अरगरियाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए । सोलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न पहल गरेका हुन् ।
जनकपुरस्थित जानकी मन्दिर क्षेत्र देशकै बिशेष र ऐतिहासिक स्थान हो । तर, हालसम्म कसैको उल्लेख्यिय ध्यान नगएका बेला मन्त्री अरगरियाले पद वहाल गरलगत्तै जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गर्न कार्यदल गठन गरेका हुन् ।
मन्त्री अरगरियाले पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वम एक समिति गठन गर्ने निर्णय गरेका हुन् । यो समितिले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरी आवश्यक सिफारिस गर्नेछ ।


