१८ आश्विन २०८३, आईतवार

माओवादी केन्द्रद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

एसीपी संवाददाता

२४ जेष्ठ २०७८, सोमबार ११:१४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रण र उपचारका लागि बिभिन्न प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कोरोना महामारीबिरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म अभियानात्मक रुपमा संघर्षमा सहभागी हुने निर्णय गरे अनुरुप स्वास्थ्य सामाग्री बितरण गरिएको माओवादीले जनाएको छ ।

चीनबाट प्राप्त एन ९५ माक्स १ लाख र अक्सिजन जेनेरेटर २० वटा, माओवादी प्रवास समन्वय कमिटीबाट प्राप्त एन्टीजीन, थर्मल गन, अक्सिमिटर, अक्सिजन सिलिण्डर, पीपीइ सेट र स्वास्थ्य बिभागबाट प्राप्त सर्जिकल माक्स, सेनिटाइजर, फेस सिल लगाएतका स्वास्थ्य सामाग्री बितरण गरिएको हो । माओवादीले कोरोना महामारीको बिषम परिस्थीतमा आम जनस्वास्थ्यमा गम्भीरतापूर्वक ध्यान पुराउन सम्बन्धीत निकायहरुको पनि गम्भीर ध्यानाकर्षण गराएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x