१३ आश्विन २०८३, मंगलवार

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी

एसीपी संवाददाता

२५ जेष्ठ २०७८, मंगलवार ०८:५४ मा प्रकाशित

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी भएपछि देशका अन्य जिल्लामा पनि निषेधाज्ञा लागू भएको थियो । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । काठमाडौं उपत्यकामा जेठको दोस्रो सातादेखि खाद्यान्न पसलसमेत खोल्न बन्द गरिएको थियो। तर, पछिल्लो पटक जेठ २१ गतेदेखि भने निषेधका आदेशहरु केही खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसगै सडकमा समेत सवारी साधान र मानिसहरुको चहलपहल र भिडभाड बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला दिनमा सवारी साधनको चाप पनि सडकमा केही बढेको छ । यद्यपि, अत्यावश्यक काम बाहेक सडकमा निस्किएका सवारी साधनलाई नियन्त्रणमा लिने गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

मंगलबार मात्रै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ८ सय ९ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ५७९  दुई पाङग्रे, १५६ ओटा चारपाङ्ग्रे, १६ ओटा ट्याक्सी र ५८ ओटा ठुला सवारी साधन रहेको महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x