१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा प्रहरी र बिद्रोही लामो झडप पछि सरकारको सम्झौता

एसीपी संवाददाता

२६ जेष्ठ २०७८, बुधबार ०९:५५ मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानमा सरकार र प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दल तेहरिक ए लब्बाइक (टीएलपी) बीच सम्झौताले थप अन्योलता सिर्जना गरेको छ ।

पाकिस्तानमा प्रतिबन्धित दल टीएलपी र प्रहरीबीच एक साता लामो झडप पछि सरकारले सम्झौता गरेको हो ।

बिभिन्न अभियोगमा थुनामा रहेका कार्यकताहरु रिहाइ तथा फ्रान्सेली राजदूत हटाउन माग गर्दै टीएलपी हिंसात्मक प्रदर्शनमा उत्रिएको थियो । टीएलपी कार्यकर्ताहरुसँग झडपमा चार जना प्रहरीको ज्यान गएको छ भने सयौँ प्रहरी घाइते भएका छन् ।

सरकारले फ्रान्सेली राजदूत हटाउने प्रस्ताब संसदमा लैजाने साथै बन्दी कार्यकर्ताहरु रिहा गर्ने सहमति गरेपछि टीएलपीले प्रदर्शन रोकेको हो । टीएलपी नेता डा. शाफीक अमीनीले सरकारले सहमति लागु गरेसम्म शान्त रहन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । तर, प्रदर्शनकारी बिरुद्ध कारबाहीमा खटिएका पञ्जाब प्रहरी भने सरकारको यो कदमप्रति असन्तुष्ट रहेको छ ।

टीएलपीसँग सम्झौता गर्नु सरकारको अपरिपक्क र अनावश्यक कदम रहेको पञ्जाब प्रहरीले टिप्पणी गरेको छ । टीएलपी सँगको सहमति कार्यन्वयन गर्न सजिलो नरहेको भन्दै बन्दी कार्यकर्ताहरु रिहाइ पछि कारबाहीमा खटिएका प्रहरी बिरुद्ध ठुलो खतरा सिर्जना हुने पञ्जाब प्रहरीले आशंका व्यात्त गरेको छ । स्रोत द नेसन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x