पिडितलाई आवाजको साथ प्रहरीले थाल्यो थप अनुसन्धान
बिउँ किन्न आर्थिक अभाव रहेको पिडित परिवारलाई आवाजको साथ
प्रहरीले थाल्यो थप अनुसन्धान
जेठ, । बर्दिया जिल्लामा एक १४ वर्षिय बालिकालाई ७ महिना अगाडी बलात्कार गरेको र ७ महिनाको गर्भबोकाएको आरोपमा फरार रहेका उनकै फुपूको छोरा वडा नम्बर २ मा बस्ने १८ वर्षिय मेराज गुजर जिल्ला प्रहरी कार्यालय बर्दियामा अनन्त हाजिर भएका छन । पिडित पक्षले बैशाख १९ गते प्रहरीमा जाहेरी दर्ता गराए लगत्तै युवक फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दिया मुद्दाफाटका निरीक्षक गोपाल पौडेलले दिएको जानकारी अनुसार आरोपित युवकलाई मंग्लवार पक्राउ गरि म्याद थप गरेर थप आवश्यक अनुसन्धानको प्रक्रिया अगाडी बढाएको बताएका छन ।
यता रिपोर्टिङ क्रममा नील खबर, जिल्ला प्रहरी कार्यालय बर्दिया, आवाज संस्था, निरीक्षक गोपाल पौडेल लगायतको उपस्तिथि बीच प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जुन सुकै हालतमा बर्दिया प्रहरी पिडितलाई न्याय दिलाउन हरेक पल तात्पर्य रहेको र १४ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा हाल सम्म फरार रहेका युवकलाई चाडो नै खजेर ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए ।
स्रोत अनुसार बर्दिया प्रहरीलाई पिडकको तर्फबाट राजनितीक दल, जिल्लाका नेताहरुले हाजिर नगर्न दबाब दिदै आएका थिए ।
तर न्यायको खोजिमा ज्याला मजदुरी गरेर आफ्नो परिवारलाई पाल्दै आएका पिडितको बुबालाई दैनिक जिल्ला प्रहरी कार्यालय बर्दिया धाउनु परेको थियो । हाल पिडित परिवारको समय जिल्ला प्रहरी धाउन परेका कारण धान लगाउन बिउ किन्ने पैसाको अभाव रहेको उनीहरुले बताउँछन् ।
पिडितलाई आवाजको साथ
पिडितलाई न्याय दिलाउन ‘आवाज’ संस्थाको साथ रहेको छ । केन्द्रिय कार्यालय सुर्खेतमा स्थापित रहेको ‘आवाज’ को शाखा ‘आवाज बर्दिया बढैयाताल’ले १४ वर्षिय बालिकाका परिवारलाई हौसला प्रदान गर्दै मुद्दा लड्न ओकिल आफुतिरबाट व्यवस्था गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
बालिकाको स्वास्थ्यको ख्याल गर्दै आवाजले उनलाई आवश्यक पर्ने लुगा-कपडा, फलफुल, स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आवाजको साखा ‘आवाज बर्दिया बढैयाताल’का संयोजक धर्मराज थारु र कार्यरत सुकुमायाले पिडितको परिवारलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन । nilekhabar


