बेपत्ताको अवस्था सार्वजनिक गर्न पाकिस्तानमा प्रदर्शन
कराँची । पाकिस्तानमा बेपत्ता छानबीनको माग गर्दै प्रदर्शन भएको छ । बेपत्ता छानबीनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन् ।
बेपत्ताहरुको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेल ले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन् । सिया बेपत्ता संयुक्त कार्य समितिका नेताहरु तथा पीडित पक्ष गभर्नरलाई ज्ञापन पत्र बुझाउन जाँदा गभर्नर इस्मेलले भेट गर्न अस्वीकार गरेका थिए ।पाकिस्तानमा बेपत्ता हुने अधिकांस अल्पसंख्यक सिया समुदायका रहेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायतका तस्बीर सहित प्रदर्शन गरेका छन् ।
सरकार समक्ष पटक पटक बेपत्ता छानबीनको माग गरेपनि सरकारले बेवास्ता गर्ने गरेको परिवारजनले गुनासो गरेका छन् । स्रोत डन यो पनिपाकिस्तान सरकारले हिन्दूहरुमाथि अत्याचार तथा मन्दिर तोडफोडपछि नेपालमा तनाव, काठमाडौंको दूतावास घेराउलश्करद्वारा मुम्बई आक्रमणमा मारिएका १० आतंकवादीको सम्झनामा प्रार्थना गर्न आग्रहपाकिस्तानी पिपुल्स पार्टीको प्रदर्शनका क्रममा अज्ञात समूहद्वारा वन विभागमा र सवारीमा आगजनीपाकिस्तानमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि अस्पतालहरु भरिए, संक्रमितहरुको उपचारमा समस्या
नेपालपाना




