१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति आत्मआलोचना

एसीपी संवाददाता

२९ जेष्ठ २०७८, शनिबार १०:५२ मा प्रकाशित

नेपाली कांग्रेस वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति आत्मआलोचना गर्दै फिर्ता लिनुभएको छ ।

शनिबार बसेको बागमती प्रदेशसभाको बैठकमा उहाले प्रधानमन्त्री प्रति व्यक्तिगत रिसीबि नरहेको भन्दै  आत्मआलोचना गरेको बताउनुभयो ।

यसअघि शुक्रवार उहाले प्रधानमन्त्री ओलीले सत्ता बचाउन विभिन्न क्रियाकलाप गरेको भन्दै प्रदेश सभामा ’कोही नाथुराम गोड्से बन्नुपर्ने’ धारणा राख्नुभएको थियो । वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे भएको तर ओलीको खतरनाक प्रवृत्तिको विरुद्ध आफूले अभिव्यक्ति दिएको तर आवेशमा आएर ती शब्दहरु बोलेको तर्क गर्नुभयो ।

वैद्यले आफूले बोलेको कुरा कुटनीतिक संसदीय मर्यादा विपरित रहेको समेत स्वीकार गर्नुभयो । बैद्यले प्रदेशसभा बैठकमा आत्मआलोचना गरेपछि सभामुख सानुकुमार श्रेष्ठले वैद्यको धारणा रेकर्डबाट हटाउन आदेश दिनुभएको थियो ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x