१२ आश्विन २०८३, सोमबार

भारतमा ७० दिन पछि सबै भन्दा कम सन्क्रमित

एसीपी संवाददाता

३१ जेष्ठ २०७८, सोमबार ०२:३५ मा प्रकाशित

दोश्रो लहरको कोरोनाका कारण बिश्व नै चिन्तित भएको बेला भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकै दिनमा सबैभन्दा कम संक्रमित भएका छन् । भारतीय संचारमाध्यमका अनुसार सरकारी अधिकारीहरूले गराएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८४ हजार तीन सय ३२ जना मात्र नयाँ संक्रमित थपिएका हुन् । भारतको
केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा गराएको जानकारीमा संक्रमितहरूको संख्या घट्दै गएकाले अवस्था सकारात्मक भैइ रहेको छ ।अब भारतमा कोरोना नियन्त्रण गर्न सफल भएको भन्दै स्वास्थ्यकर्मीलाई समेत धन्यवाद दिएको छ्न । नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमित दुई करोड ९३ लाख ५९ हजार एक सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये १० लाख ८० हजार ६ सय ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको अधिकारीहरूको भनाइ छ । पछिल्लो एक दिनमा ४० हजार नौ सय ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पनि मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ । चीनको बुहान बाट शुरु भएको कोरोना संक्रमणले लाखौं मानिसको ज्यान गएको छ । २०१९ मा शुरु भएको कोरोना संक्रमणका नयाँ नयाँ भेरिन्तले बिश्व नै चिन्तित भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x