१२ मंसिर २०८३, शुक्रबार

उड्डयन मन्त्री अरगरियाद्वारा धनुषामा १०० शैय्याको अस्पताल सञ्चालन

एसीपी संवाददाता

२ असार २०७८, बुधबार १२:४७ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले धनुषाको दुर्गम गाउँमा १०० शय्याको अस्पताल सञ्चालन गर्न पहलकदमी लिएका छन्।

मन्त्री अरगरियाले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई पत्र लेखेर अस्पताल सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्।

धनुषाको दुर्गम शहिदनगर नगरपालिका ८ को डुमरियास्थित शहिद सूर्यनाथ रान यादव स्मृति अस्पताललाई १०० शय्याको अस्पताल घोषणा गराई अस्पताल सञ्चालनको लागि आवश्यक दरवन्दी सिर्जना गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य सामाग्री तथा औजारहरुको समेत व्यवस्था गराइदिन मन्त्री अरगरियाले अनुरोध गरेका छन्।

उक्त अस्पतालाई आवश्यक सबै सुविधासहित संघीय सरकारको प्रत्यक्ष निगरानीमा सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पत्रमा अनुरोध गरिएको छ। साथै अस्पतालमा कार्यरत कर्मचारीहरु वस्नको लागि आवास निर्माणको लागि बजेट व्यवस्थापन मिलाई दिन पनि अनुरोध गरिएको छ।

जसपाबाट मन्त्री भएका अरगरियाले धनुषाको जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सुरु गरेका थिए ।

अरगरियाको पत्रसँगै स्वास्थ्यमन्त्री तामाङले मन्त्रालयका सचिव पत्र लेखेर अस्पताल सञ्चालनका लागि आवश्यक काम कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x