१२ मंसिर २०८३, शुक्रबार

ब्रिटिशमा आर्मिमा सेवा गर्दा बिना कुनै पेन्सन पठाएको बिरोधमा प्रदर्शन

एसीपी संवाददाता

३ असार २०७८, बिहीबार ०१:४१ मा प्रकाशित

ब्रिटिश सरकारले कोभिड-१९ सँग जुध्न लागू गरेका प्रतिबन्धहरू केही खुकुलो तुल्याउँदै गर्दा मङ्गलवार सेन्ट्रल लन्डनमा सयौँ भूतपूर्व गोर्खा सैनिकहरू जम्मा भएर ‘न्यायको माग’ गरे।

उनीहरूले “हामीलाई न्याय चाहियो, हामीसँग समान व्यवहार गरियोस्” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।

भूतपूर्व गोर्खा सैनिकहरूसँग ब्रिटेनस्थित शीख समुदाय, केही भूतपूर्व ब्रिटिश सैनिकहरू र अन्य सङ्घसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका थिए।

त्यस्तै गोर्खा सैनिकहरूलाई समर्थन जनाउँदै प्रदर्शनमा सहभागी नेपाली मूलका केही युवायुवतीहरूले नेपाललाई कोभिड विरुद्ध खोप दिन ब्रिटिश सरकारसँग माग गरेका थिए।

भूतपूर्व गोर्खा

प्रदर्शनकारीहरूमध्ये एक ७५ वर्षीय भूतपूर्व गोर्खा कुलप्रसाद थापा पनि थिए।

पश्चिम नेपालको तनहुँमा जन्मिएर गैँडाकोट, नवलपुरमा बसोबास गर्ने थापा सन् २०११ मा बेलायत आएका हुन्।

उनी आफ्नी श्रीमती, कान्छी छोरी र ज्वाइँसँगै लन्डनको प्लमस्टीडमा बसोबास गर्दै आएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,कोरोनाभाइरस: ब्रिटिस गोर्खा सपना

ब्रिटिश सेवामा १० वर्ष सेवा गरेपछि बिना कुनै पेन्सन ‘रिडन्डेन्सी’मा ब्रिटिशहरूले खाली खुट्टा आफूलाई नेपाल फर्काएको उनले बताए।

“त्यसपछि परिवार पाल्न, छोरा छोरी हुर्काउन मैले निकै दुख गरेँ,” उनी सम्झन्छन्।

“न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहने छ,” उनले भने।

भोक हडताल

मङ्गलवार विरोध प्रदर्शन आयोजना गरेको ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति यूके- नेपालले आफ्ना मागहरू सहित ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई एक पत्र पनि पठाएको छ।

सङ्घर्ष समितिका मुख्य संयोजक कृष्णबहादुर राईले हस्ताक्षर गरेको उक्त पत्रमा नेपाल तथा ब्रिटिश सरकारलाई तत्काल वार्ताको पहल गर्न साथै वार्ता टोली गठन गरी वार्ता गर्ने स्थल समेत खुलाउन माग गरिएको छ।

पूर्व गोर्खा सैनिकले आयोजना गरेको प्रदर्शनमा नेपालका लागि कोभिड खोप उपलब्ध गराउन माग गरिएको थियो
तस्बिरको क्याप्शन,पूर्व गोर्खा सैनिकले लन्डनमा आयोजना गरेको प्रदर्शनमा नेपालका लागि कोभिड खोप उपलब्ध गराउन माग गरिएको थियो

आउँदो दुई हप्ता (३० जुन) भित्र आफ्ना मागहरूको सुनुवाइ नभए १ जुलाई २०२१ देखि रिले भोक हडताल गर्ने पत्रमा उल्लेख छ।

“हामीले पेन्सन लगायतका विषयमा हामीहरू माथि गरिएको भेदभाव विरुद्ध दशकौँदेखि आन्दोलन गर्दै आएका छौँ, तर ब्रिटिश सरकारले अझै सुनुवाइ गरेको छैन,” गोर्खा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईले भने।

“हामी मर्न तयार छौँ, तर न्याय र समानताका लागि हाम्रो आन्दोलन छाड्ने छैनौँ।”

उनले नेपाल सरकार, ब्रिटिश सरकार तथा प्रमुख गोर्खा सङ्गठनका प्रतिनिधिहरू सम्मिलित संयुक्त प्राविधिक समितिले मार्च २०१८ मा बुझाएको प्रतिवेदन लागू गर्न पनि माग गरे । (हेर्नुहोस् बक्स)

के हुन् भूपू गोर्खाहरूका गुनासा ?

ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास दुई सय वर्षभन्दा पनि पुरानो छ।

पहिलो तथा दोश्रो विश्व युद्ध लगायत संसारका कैयौँ ठाउँमा भएका लडाइँमा गोर्खा सैनिकहरूले भाग लिएका थिए भने हजारौँले ज्यान गुमाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x