१२ मंसिर २०८३, शुक्रबार

बाँकेमा ११ कोरोना संक्रमित थपिँदा २४ जना डिष्चार्ज

एसीपी संवाददाता

३ असार २०७८, बिहीबार १४:०१ मा प्रकाशित

बाँकेमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परिक्षणको ३४.४ प्रतिशत हो । आज २४ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी ३२ जनामा कोरोना पुष्टि भएको छ । आज बाँकेका एक जनाको मृत्यु भएको छ । 

भेरी अस्पतालमा १८ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । 

हालसम्म बाँकेमा १७ हजार ३ सय ८२ जना संक्रमित भएका छन् । ती मध्ये १६ हजार ९ सय ५३ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय १० जनाको मृत्यु भएको छ ।

जिल्लामा १ हजार ११९ जना सक्रिय संक्रमित रहँदा ७७ जना अस्पताल र आइसोलेसनमा छन् भने १ सय २९ जना होम आइसोलेसनमा छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x