१२ मंसिर २०८३, शुक्रबार

देशमा मुलुक थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा – ओलि

एसीपी संवाददाता

४ असार २०७८, शुक्रबार ०२:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए मुलुक थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेलिने खुलासा गरेका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले २०५२ सालमा अदालतबाट संसद पुनर्स्थापना हुँदा १० वर्षे सशस्त्र द्वन्द्व जन्मिएको स्मरण गर्दै अब पनि प्रतिनिधिसभा पुनर्स्थापना भएमा परिणाम डरलाग्दो हुने चेतावनी दिएका हुन् । ‘अब पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु हो,’ ओलीले भनेका छन् ।

२०५२ सालमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा प्रचण्ड र बाबुराम भट्टराईहरुले जनयुद्ध गर्ने मौका पाएको भन्दै ओलीले अहिले पुनर्स्थापनाको वकालत गरेर प्रचण्ड बाबुरामहरुले अर्को सशस्त्र द्वन्द्व ल्याउने खेलमा लागेको संकेत गरेका छन् ।

अहिलेको परिस्थितिले आफूले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटन सार्थक हुँदै गएको पनि ओलीले जिकिर गरेका छन् । ‘मैले पुस ५ गते प्रतिनिधिसभा विघटनको लागि सिफारिस गर्दा उल्लेख गरेका राजनीतिक कारणहरु अहिले पनि विद्यमान छन् । सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनर्स्थापनापछिका यी ३ महिनाको अवस्थाबाट स्थिर सरकार निर्माणका लागि निर्वाचन गर्नुपर्छ भनेको कुरा अझ स्पष्ट रुपमा पुष्टि भएको छ,’ ओलीले भनेका छन् ।

यस्तो छ ओलीको लिखित जवाफ

११. राजनीतिक स्थिरताका लागि निर्वाचन अनिवार्य छः मैले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनको लागि सिफारिस गर्दा उल्लेख गरेका राजनीतिक कारणहरु अहिले पनि विद्यमान छन् । सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनस्र्थापनापछिका यी ३ महिनाको अवस्थाबाट स्थिर सरकार निर्माणका लागि निर्वाचन गर्नुपर्छ भनेको कुरा अझ स्पष्ट रुपमा पुष्टि भएको छ । राजनीतिक रुपमा प्रतिनिधिसभाको विघटन ठीक थियो भन्ने कुरामा दृढ हुँदाहुँदै आफू शक्तिपृथकीकरण‚ कानूनको शासन‚ न्यायपालिकाको स्वतन्त्रताको कट्टर हिमायती भएको र यिनै मूल्यमान्यताका लागि चौध वर्षको जेल जीवन सहित आधा शताब्दीभन्दा लामो राजनीतिक जीवन समर्पण गरेको व्यक्ति भएको नाताले सम्मानित अदालतको आदेश बमोजिम प्रतिनिधिसभालाई बाँकी कार्यकाल क्रियाशील बनाउन प्रयत्नशील रहेँ । तर पुनस्र्थापित प्रतिनिधिसभा बैठक बसेको पहिलो दिनबाटै आफ्नो भूमिकामा असफल भयो । अन्ततः प्रतिनिधिसभा धारा ७६ को उपधारा (५) बमोजिम वैकल्पिक सरकार बनाउन पनि असफल भयो र यसको विघटन अनिवार्य संवैधानिक परिघटना हुनपुग्यो । अब पनि प्रतिनिधिसभाको पुनस्र्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु हो ।

१२. राजनैतिक हिसावले कुनै परिणाम दिनै नसक्ने अवस्थाको प्रतिनिधिसभाको निरन्तरता निरर्थक ः नेपालको इतिहासमा पुनस्र्थापना भएका कुनै पनि प्रतिनिधिसभाले राजनीतिक परिणाम हासिल गर्न सकेका छैनन् । कार्यकाल थपिएको संविधानसभाले पनि संविधान जारी गर्न सकेन । २०५२ सालमा प्रतिनिधिसभाको पुनस्र्थापनापछि उत्पन्न राजनीतिक अस्थिरताले देशमा १० वर्षे सशस्त्र द्वन्दलाई जन्म दियो । मुलुकमा चरम राजनैतिक विसंगति देखिए । सरकारको गठन र विघटनमा गैरसंसदीय अभ्यासहरु मौलाए । तथापि त्यसरी पुनस्र्थापना भएको प्रतिनिधिसभा पनि आफ्नो कार्यकाल पूरा नगरी विघटन भयो । यसरी नै पहिलो संविधानसभाको कार्यकाल दुईवर्षवाट वढाई चार वर्ष वनाउँदा समेत परिणाम आएन । तर नयाँ जनादेशमा गएपछि वनेको संविधानसभाले कार्यकाल समाप्त हुनु अगावै संविधान जारी गरेको तथ्य हाम्रोसामु छ । त्यसैले राजनैतिक हिसावले कुनै परिणाम नदिने प्रतिनिधिसभा पुनस्र्थापनाको माग भनेको परिणाम दिनै नसक्ने अवस्थाको राजनैतिक संरचनालाई निरन्तरता दिई प्रतिनिधिसभाको अवधि निरर्थक रुपमा वढाउने बाहेक कुनै खास राजनैतिक कारण वा एजेण्डा देखिदैन । तसर्थ‚ यस्तो विषयमा सम्मानित अदालत प्रवेश गर्नु हुँदैन । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x