१२ मंसिर २०८३, शुक्रबार

भेरीमा ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

एसीपी संवाददाता

६ असार २०७८, आईतवार ११:५६ मा प्रकाशित

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –६ दाङका ३५ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान सवा ११ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

गएको १६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष २३ गते अस्पताल भर्ना भएका थिए । कडा कोभिडबाट ग्रस्त उनको स्वास्थ्यमा सुधार नआउँदा उपचारकै क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३४८ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x