१२ मंसिर २०८३, शुक्रबार

राष्ट्रपतिलाई चिर्थाेर्ने कम्पिटसन चलाएको – ओलि

एसीपी संवाददाता

१२ असार २०७८, शनिबार ००:२५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही विभिन्न विरोधी तत्वहरुले अहिले राष्ट्रपतिलाई चिर्थाेर्ने कम्पिटसन चलाएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रलाई गाली गर्ने, राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने कार्य चलिरहेको बताएका हुन् ।

नेपालमा राष्ट्रप्रमुखका रुपमा महिला अर्थात राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले राष्ट्रपतिलाई गाली गर्ने, मुख छाड्ने प्रवृति अँगालेको बताएका छन्।

हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोज्ने । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि‘ । अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x