१२ आश्विन २०८३, सोमबार

भारतमा २ करोड ९० लाख भन्दा बढी निको

एसीपी संवाददाता

१२ असार २०७८, शनिबार ०५:०२ मा प्रकाशित

एजेन्सी । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९७८ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ हजार १६९ जना पुगेको छ । हालसम्म २ करोड ९० लाख ५६ हजार ६ सय ९ कोरोना संक्रमित निको भइसकेका छन् ।

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x