भारतद्वारा पुनः आफ्न छिमेकी देशहरुलाई खोप सहयोग गर्ने
एजेन्सी । केही दिनमा भारतले आफ्न छिमेकीलाई खोप उपलब्ध गर्ने जनाएको छ । भारतले आफ्ना छिमेकी मुलुकहरुलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ। भारतमा दोश्रो चरण संक्रमण बढे देखि खोप निर्यातमा रोक लगाएको थियो ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत अप्रिलदेखि भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यात रोक लगाएको थियो ।
उच्च स्रोतले दिएको जानकारी उदृत गर्दै भारतीय सञ्चारमाध्यम दि प्रिन्टले जुलाई अन्तिम या अगस्तको शुरुदेखि भारतले नेपाल, श्रीलंका, बंग्लादेश र भुटानलाई खोप निर्यात गर्ने तयारी गरिरहेको छ ।
हालकै अवस्था खोप कार्यक्रम सञ्चालन भएमा अगस्तसम्म भारतले करिब ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने अनुमान गरिएको छ । आफुले राहत महसुस गरेलगत्तै छिमेकी मुलुकहरुलाई खोप दिने तयारी भारतले गरेको हो । भारतले नेपाललाई अनुदानमा दिएको खोप घरमै पुर्याउन सहयोग गरेको हो । उता नेपालको आर्को छिमेकी उत्तरी सिमा जोडिएको चीनले खोप अनुदानमा सहयोगको नाममा ठगेको जस्तो नेपालीहरुलाई महसुस भएको छ । चीनिया खोप आफै लिन जाद खोप भन्दा बढी लागनी गएको हो ।
सबैभन्दा पहिले भारतले नेपाललगायतका छिमेकी राष्ट्रहरुलाई अनुदान स्वरुप लाखौं डोज खोप उपलब्ध गराएको थियो ।
दुर्भाग्यबस भारतमा कोरोना भाइरसको संक्रमण हुवात्तै बढ्यो र खोप उत्पादनमा समेत कमि आउँदा भारतले खोप निर्यातमा रोक लगाएको थियो ।


