१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीको प्रस्ताव आएको भनेर नेपालले झुटो प्रचार गर्दै – ओलि

एसीपी संवाददाता

१४ असार २०७८, सोमबार ११:३७ मा प्रकाशित

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भनेर माधव नेपालले झुटो प्रचार गरेको बताउनुभएको छ ।

जननेता भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा सोमबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेकोे भन्दै माधव नेपालले झुटो प्रचार गरेको बताउनुभएको हो ।

माधव नेपालप्रति निकै आलोचनात्मक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे भएको टिप्पणी गर्नुभयो । उहाले नेता नेपालले मदन भण्डारीको नामलाई पनि दुरुपयोग गर्दै कार्यकतामाझ भ्रम छर्ने काम गरेको बताउनुभयो ।

उहाले कम्युनिस्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने काममा नेता नेपाल सक्रिय भएको र अर्कै बिचार बोक्दा पनि अझै पार्टीबाट राजीनामा नदिएको धारणा राख्नुभयो । प्रचण्डले छेपारोले झैं रंग फेर्ने गरेको आरोप पनि ओलीले लगाउनुभयो ।

त्यस्तै उहाले कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाउनुभयो । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको आलोचना गर्नुभयो । प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x