प्रदेश २ का प्रमुख अहिराज प्रदेशमा मात्र सीमित नभएर देशभर सक्रिय
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले पाथिभरा दर्शन गरेका छन् । सोमवार ताप्लेजुङ पुगेर प्रसिद्ध धार्मिक स्थल पाथीभराको दर्शन गरेका हुन् । त्यसअवसरमा उनले मन्दिरका पुजारीबाट प्रसाद आशिर्वाद लिएका थिए । मन्दिरको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
धर्म र इतिहासलाई सर्वश्रेष्ठ मान्ने प्रदेश प्रमुख झाले यसअघि राष्ट्रनिर्मार्ता पृथ्वीनारायण शाहको तस्विर कार्यकक्षमा झुण्ड्याउने प्रचलन सुरु गरेका थिए । सातवटै प्रदेश प्रमुखलाई प्रेरित गरेका थिए । पदबहाली भएदेखि नै अहिराज एक प्रदेशमा मात्र सीमित नभएर देशभर सक्रिय छन् ।

प्रदेश प्रमुख अहिराजको पहाडका मठ, मन्दिर, धार्मिक, प्राकृतिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको भ्रमणले दुई भुगोलको संस्कृति आदानप्रदानमा समेत सहयोग पुगेको कतिपयको भनाई छ । मधेश र पहाडको संस्कृति, रहनसहन र रितितिथी साटासाट हुनुका साथै एकअर्काको क्षेत्रमा घुम्न आउदाँ सौहार्दपूर्ण वातावरण समेत निर्माण भएको देखिन्छ ।
अझ उहाँले पहाडमा पुगेर मधेशका समस्या र मधेशीहरुमाथिको विभेदका विषय उठाउँदा त त्यस्ले आपसी सम्बन्ध सुधारमा धेरै बल पुगेको बताईन्छ ।

देशका हरेक भुभागमा घुम्दा समेत तराईको भेषभेषा र आपसी हकहितका विषयलाई उठाएर नेपाली नेपालीबीचको सम्बन्ध सुधारमा सहयोग पुगेर र मधेश र मधेशका नागरिक पनि नेपाली हुन् भन्ने सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।
साथै प्रमुख अहिराजले पनि हरेक नागरिक नेपाली हुन् र कसैमाथि पनि विभेद, अत्याचार हुन नहुने र हरेकको कला, संस्कृति, धर्म र भेषभुषाको सम्मान हुनुपर्ने विषय उठाउँदै आउनुभएको छ । नेपालपाना


