आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अबस्थामा बस्न निर्देशन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीविरुद्ध लागेकाहरुलाई पार्टीमै फर्किन आग्रह गरेको छन् ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफुविरुद्ध लागेकाहरुविरुद्ध जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अबस्थामा बस्न निर्देशन दिएका छन्।
उनले भने, ‘हाम्रो पार्टीका विरुद्ध मोर्चा बनाएरै लागेका छन्, तल्लो तहसम्मै पुत्ला दहन भइरहेको छ, त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु ‘अन योर मार्क, गेट सेट, गो’ अन्तर्गत गेट सेटको अबस्थामा बस्नुस्।’
यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने बताएका छन् । यद्यपि, उक्त निर्णय के हुनेछ भन्नेबारे भने कुनै जानकारी प्रधानमन्त्रीले दिएका छैनन्


