हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुन आवश्यक
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक रहेको बताएका छन् ।
शनिवार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षताको बारेमा बहस हुनुपर्नेसहितको प्रस्ताव पेस गरेका थिए ।
सोही बिषयमा अध्यक्ष थापाले आइतबार सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् । राजनीतिक दलहरूभित्र हिन्दुराष्ट्र र संघियताबारे बहस हुनु राम्रो कुरा भएको बताएका छन् ।
उनले पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको भन्दा गौरव लागेको पनि बताएका हुन् ।
उनले लेखेका छन् – ‘हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक छ। पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको छ भन्दा गौरव गर्छन्। हामी भने हाम्रो परिवार,समाज र राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ।’


