भारत सरकारद्वारा कोरोना भाइरसविरुद्धको नयाँ खोपको प्रयोगशाला तयार
नयाँ दिल्ली – भारत सरकारले कोरोना भाइरसविरुद्धको नयाँ खोपको परीक्षण लागि दुई प्रयोगशाला तयार गरिरहेको छ । कसौलीस्थित केन्द्रीय औषधि प्रयोगशाला (सीडीएल) मा दबाब कम गर्न नरेन्द्र मोदी सरकारले दुई नयाँ परीक्षण प्रयोगशालाहरूको विकासको प्रक्रिया सुरू गरिसकेका छन ।
उक्त दुई प्रयोगशालाहरु पुणेमा राष्ट्रिय संस्थानस्थित नेश्नल सेल सेन्टर फर सेल साइन्सेज (एनसीसीएस) र हैदराबादमा एनिमल बायोटेक्नोलोजी प्रयोगशाला तयार गर्न लागिएको जनाइएको छ ।
हाल भारतमा सीडीएलमात्रै एक त्यस्तो प्रयोगशाला मात्र हो, जहाँ कोरोनाविरद्धको नयाँ खोपहरुको क्लियरिन्स गरिन्छ । नयाँ दुई प्रयोगशालाहरु निर्माण भएसँगै खोप आपूर्तिमा पनि सहज हुने अपेक्षा गरिउको छ ।
भारतको विज्ञान र प्रविधि मन्त्रालयअन्तर्गत आएको बायोटेक्नोलॉजी विभाग (टीबीटी) ले खोप परीक्षण सुविधा निर्माण गर्न अन्य दुई स्थानहरुमा निर्माण कार्य अघि बढाउन लागेको हो ।
“ती दुई साईटहरू होशियारीका साथ छनोट गरिएका छन् । हैदराबाद र पुणे देशका दुई खोप हबहरू हुन्, त्यसैले हामीसँग यी दुई स्थानमा दुई नयाँ ल्याबहरू हुनेछन्, ”एक वरिष्ठ सरकारी अधिकारीले नाम नखुलाउने शर्तमा प्रिन्टलाई भने । हाल राष्ट्रिय कार्यक्रममा दुईवटा भ्याक्सिन क्रमशः पुणे र हैदराबादमा निर्माण भइरहेको छ ।
प्रिन्टले गत हप्ता एनसीसीएस निरीक्षण भइरहेको समाचार लेखेको थियो । राज्य औषधि नियन्त्रकको कार्यालयद्वारा, शीर्ष औषधि नियामक प्राधिकरण केन्द्रीय औषधि मानक नियन्त्रण संगठन, र सीडीएलले कोभिड १९ खोपको परीक्षणका लागि स्थानो छनोटका लागि टोली गठन गरेको थियो ।
हाल भारतमा दुईटा खोपहरु कोभिशिल्ड र कोभ्याक्सिन उत्पादन भइरहेका छन् । मिडियाडबलि


