१२ मंसिर २०८३, शुक्रबार

हस्ताक्षर फिर्ता लिने तयारी

एसीपी संवाददाता

२४ असार २०७८, बिहीबार १२:४९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने तयारी गरेको छ ।

कार्यदलका नेता तथा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिच भेटवार्ता तथा सहमतिको नजिक पुग्नै लाग्दा नेपाल समूह हस्ताक्षर फिर्ता लिने निष्कर्षमा पुगेको हो ।

नेपाल समूहका नेता एवं उपाध्यक्ष भीम रावलले पार्टीभित्रको कुरा मिलेमा देउवालाई दिएको समर्थन फिर्ता लिनु ठूलो कुरा नभएको बताए ।

पार्टी पूर्व अवस्थामा फर्किएमा देउवाका लागि गरेको हस्ताक्षर फिर्ता लिने कुरा स्वभाविक भएको रावलको भनाई छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले देउवाभन्दा पार्टी मुख्य कुरा भएको र साझा मान्यताबाट अघि बढ्ने स्पष्ट पारे ।

रावलले नेता नेपाललाई अध्यक्ष बनाउने औपचारिक प्रस्ताव नआएको पनि स्पष्ट पारे । नेता नेपाल सहमतिका लागि लागिपरेको र एकदुई दिनमै परिणाम देखिने उनको भनाई छ ।

अहिलेसम्म भइरहेको छलफल सकारात्मक भएको र सहमतिपत्रमा हस्ताक्षरको तयारी भइरहेको रावलले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x