नेकपा एकताको बाधक बन्दै प्रचण्ड
काठमाडौं । नेकपा एमालेको विवाद सामाधान उन्मुख छ । कार्यदलमा सहमति जुटेर अन्तिम रुप दिएर टुंग्याउने जिम्मा शीर्ष नेता केपी शर्मा ओलीलाई र माधव नेपाललाई दिइएको छ । एमाले विवाद निष्कर्षमा पुगेका बेला त्यसलाई रोक्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिवार पुन: नेपाल निवास कोटेश्वर पुगेका छन् । यसअघि पनि ओली र नेपालबिच सहमति जुट्नै लाग्दा प्रचण्ड मंगलवार जनकपुरबाट सिधै कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । त्यसपछि नेपालले थप अडान राखेर सहमतिलाई पर धकेले ।
यसपालि पनि दुबै नेताबिच सहमतिको अन्तिम चरणमा पुगेका बेला प्रचण्डले कोटेश्वर पुगेर नेपालसँग हारगुहार गरेका छन् । उनले सर्वोच्चको फैसला आउँदासम्म ओलीसँग सहमति नगर्न दबाब दिएका छन् । सर्वोच्चको फैसलापछि ओलीको दिन सकिने र हामीहरु मिलेर जानुपर्ने भन्दै प्रचण्डले तत्काल सहमति नगरी वार्ताका नाममा लम्ब्याइरहन माधव नेपाललाई दबाब दिएको उच्च स्रोतले बतायो ।
विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमाले भित्र भइरहेको वार्ताका बारेमा पनि छलफल भएको बताइएको छ । नेपालपाना


