योगि मोडेलको चर्चा अस्ट्रेलियामा
काठमाडौं । कोभिड १९ को दोस्रो लहरको प्रभावकारी व्यवस्थापनका लागि योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले विश्वव्यापी प्रशंसा कमाइरहेको छ । २४ करोडभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा दोस्रो लहरलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिन मुख्यमन्त्री योगी आदित्यनाथले अपनाएको नीति तथा उपाय विश्वका विभिन्न स्थानका लागि उदाहरणीय बनेको छ ।
अष्ट्रेलियाका सांसद क्रेग केलीले महामारीको सामना गर्नमा उत्तर प्रदेश सरकारको सफलतामा चासो दिँदै दोस्रो लहर निष्तेज पार्ने मुख्यमन्त्री योगी आदित्यनाथको प्रभावशाली नेतृत्वको सराहना गरेका छन्।
आफ्नो ट्वीटमा अष्ट्रेलियाली सांसद केलीले उत्तर प्रदेश मोडलको प्रशंसा गर्दै राज्य प्रशासनले प्रभावकारी ढंगले ‘इभरमेक्टिन’ को भूमिका निभाएको उल्लेख गरेका छन् । इभरमेक्टिन भनेको परजीवी संक्रमणविरुद्ध प्रयोग गरिने एक प्रकारको औषधि उपचार हो । यसले गम्भीर कोभिड १९ संक्रमितको जीवन पनि बचाउन सकिन्छ ।
अष्ट्रेलियाली सांसदले कोभिड १९ व्यवस्थापनमा उत्तर प्रदेश मोडलको प्रशंसा मात्रै गरेका छैनन् मुख्यमन्त्री आदित्यनाथलाई अष्ट्रेलियाको नेतृत्व सम्भाल्नका लागि पनि आह्वान गरेका छन्। आदित्यनाथको नीतिले युपीजस्तै अष्ट्रेलियालाई पनि इभरमेक्टिनको भूमिकामा उन्मुक्ति दिन सक्ने र अष्ट्रेलियामा भइरहेको कमजोरीलाई सुधार्न सक्ने सांसद केलीको भनाई छ ।
कोरोना महामारीको दोस्रो लहरमा उत्तर प्रदेश सरकारले भारतमै पहिलोपटक इभरमेक्टिनको भारी मात्रामा ‘रोगनिरोधी र चिकित्सीय’ प्रयोग सुरु गरेको थियो । यो प्रयोगले युपीमा अन्य राज्यको तुलनामा मृत्युदर कम भएको थियो भने महामारीले विकराल रुप लिन पाएन ।
अष्ट्रेलियन सांसदले तथ्यांकन नै शेयर गरेर उत्तर प्रदेश मोडल आफ्नो देशमा लागु गर्न प्रस्ताव गरेका हुन् ।


