१२ मंसिर २०८३, शुक्रबार

भारतले दियो प्रधानमन्त्री देउवालाई बधाई

एसीपी संवाददाता

३० असार २०७८, बुधबार ०८:४५ मा प्रकाशित

काठमाडौं । भारतले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेर बधाई दिएका हुन् ।

देउवालाई बधाई दिएको दूतावासले ट्वीटमार्फत जानकारी गराएको छ ।

भारतले दुई देशबिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x