१२ मंसिर २०८३, शुक्रबार

थप ३ जनालाई कोरोना, १० जना निको भए

एसीपी संवाददाता

४ श्रावण २०७८, सोमबार १०:४९ मा प्रकाशित

बाँकेका थप ३ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको २५ प्रतिशत हो । आज १० जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १२ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप कसैको मृत्यु भएको छैन ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना र मेडिकल कलेज कोहलपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । हालसम्म बाँकेमा १७ हजार ५ सय ५८ जना संक्रमित भएका छन् ।

ती मध्ये १७ हजार १ सय ८४ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २१ जनाको मृत्यु भएको छ । जिल्लामा ५९ जना सक्रिय संक्रमित रहँदा २० जना अस्पताल र आइसोलेसनमा छन् भने ४२ जना होम आइसोलेसनमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x