भारतिय दूतावासले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्ति के हो ?
भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्यूटमा पाइने छात्रवृद्धिबारे विद्यार्थीलाई लक्षित गर्दै कृष्णा फाउण्डेशनले जानकारीमुलक कार्यक्रम सञ्चालन गरेको छ ।
उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउण्डेशनले विद्यार्थीलाई मेरिटका आधारमा भारतीय दूतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृत्तिबारे जानकारी गराइरहेको हो ।
शैक्षिक सत्र २०२१-२२ को भर्ना प्रक्रिया अगाडि बढाउने समयमा कृष्णा फाउण्डेशनले स्कलरसिप इन इन्डियन युनिभर्सिटिजबारे जानकारी गराइएको संस्थाका डाइरेक्टर सन्तोष कुमार चौधरीले जानकारी दिए । भारतीय दूतावास काठमाडौंले प्रत्येक वर्ष मेधावी र मेहनती विद्यार्थीलाई मेरिटका आधारमा सतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा पढ्न पाउने व्यवस्था गर्दै आएको छ ।
सोही कार्यक्रमअन्तर्गत २०२१ का लागि फाउण्डेशनले नेपाली विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावासले उपलब्ध गराउँदै आएको छात्रावृत्तिको अन्तिम समय भने अगष्ट चार तारिखसम्म रहेको छ ।
छात्रवृत्तिमा अन्डरग्राजुएट प्रोग्राम लागि शैक्षिक सत्र २०२१-२२ का लागि विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । कृष्णा फाउण्डेशनले कम्पेक्स स्कलरसिपको फारम भर्न विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन काउन्सिलिङ टिममार्फत सहयोग गर्दै आएको छ ।


