१७ आश्विन २०८३, शनिबार

टि 20 मैच भारत श्रीलंका

एसीपी संवाददाता

१३ श्रावण २०७८, बुधबार ०७:३४ मा प्रकाशित

काठमाडौंः भारत र श्रीलंकाबीचको टी–२० सिरिजअन्तर्गत स्थागित भएका दोस्रो म्याच आज हुँदैछ।

दोस्रो खेल पनि नेपाली समयअनुसार राति ८:१५ बजेदेखि कोलम्बोमा सुरु हुनेछ। यो म्याच मंगलबार हुने तय थियो। तर, भारतीय क्रिकेट टिमका सदस्य क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि म्याच स्थगित गरिएको थियो।

क्रुनाललाई कोरोना देखिएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका ८ जनाको कोरोना जाँचिएको थियो। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

तीन म्याचको सिरिजमा भारत १–० ले अगाडि रहेको छ। भारत आज दोस्रो म्याचमा जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो बनाउने लक्ष्यमा हुनेछ।

यता घरेलु टोली श्रीलंका भने सिरिज जोउन आजको म्याच जित्नैपर्ने दबाबमा रहेको छ। श्रीलंका सिरिजमा उत्कृष्ट कमब्याक गर्दै आजको म्याच जित्न चाहान्छ।

पहिलो खेलमा भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंका १८.३ ओभरमा १ सय २६ रनमै समेटिएको थियो। उसलाई अलआउट गर्नमा भारतीय स्टार बलर भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट हात पारेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x