१२ मंसिर २०८३, शुक्रबार

दार्चुलाको तुइनबाट महाकाली नदीमा खसेर वेपत्ता भएका धामी बारे नयाँ खुलासा

एसीपी संवाददाता

१८ श्रावण २०७८, सोमबार ०६:५० मा प्रकाशित

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइनबाट महाकाली नदी क्रममा ३५ वर्षीय जयसिंह धामी खसेर वेपत्ता भए । स्थानीयलाई उद्धृत गर्दै तुइन भारतीय सशस्त्र सीमा बल एसएसबीले काटिदिँदा धामी खसेर वेपत्ता भएको समाचारमा आइरहेको छ ।

तर धामीभन्दा पहिला तुइन तरेका व्यक्तिहरु एसएसबीले तुइन काटेर नभई तुइन काट्ने क्रममा डरले असन्तुलित भएर खसेको बताएका छन् । उनीहरुले एसएसबीले तुइन नकाटेको स्पष्ट पारेका छन् । उनीहरुको एक भिडियो पनि सार्वजनिक भएको छ । जसमा एक जनाले तुइन तर्न नसकेर खसेको बताइरहेका छन् । ‘एसएसबीले तुइन काटेको होइन, डरले खोलामा झरेको हो । तर्न सकेन । अगाडि बढ्न खोज्दा हात तुइनबाट छुटेर महाकालीमा खसे,’ उनले भनेका छन् ।

तुइनबाट मान्छे खसेर वेपत्ता भएपछि जिल्ला प्रशासन कार्यालयले खोजी थालेको छ । घटनाबारे यथार्था जानकारी गराउन भारतीय स्थानीय प्रशासनलाई पत्र लेखेको छ । प्रशासनले यथार्थ बाहिर नआई एकतर्फी धारणा नबनाउन पनि अनुरोध गरेको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x