बाँकेको वडा नं ५ मा रहेको हज़रत बाबा सैयद शाहको सालाना उर्स सम्पन्न
युसुफ अन्सारी
बाँके । २ दिनदेखि बाँकेको वडा नं ५ मा रहेका बाबा सैयद शाहको उर्स आज सकिएको छ । नेपालगंज उप महापालिका वडा नम्बर ५ डि. एस.पी.रोड मा रहेको बाबा सैयद शाहको उर्स आईतबार देखि सुरु भएको थियो । उर्समा गागर, चादर चढाउने कार्य भएको थियो ।
धार्मिक तथा सांस्कृतिरुपमा यो उर्स महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा हिन्दुहरुबीचको साँझा मेलाले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न ठूलो बल पुर्याएको उर्स संचालक अजाज अन्सारीले बताउनुभयो । आस्थाको धरोहरका रुपमा रहेको यो उर्समा पुग्नेहरुले आफुले मागेको चाहना पूरा हुने विश्वास गरिन्छ ।
त्यसैकारण यहाँ बाँकेका विभिन्न ठाउँबाट उर्समा बाबा सैयदको दर्शन गर्न दर्शालुहरु पुग्ने गरेका छन् । उर्सको पहिलो दिनमा राती जलसा कार्यक्रम भएको थियो । उर्सलाई भव्य रुपमा सफल बनाउनका लागि भारतका विभिन्न स्थानबाट समेत धर्म गुरुहरु आएका थिए ।
सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो मेलाको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।
अध्यक्ष अजाज अन्सारी , झब्बु अन्सारी वासी अन्सारी, साजिद अन्सारी, अमीर अन्सारी सद्दम क़दरी युसुफ अन्सारी, मेराज राजा नेपाली, उर्समा उपस्तिथी थियो।



