१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवले आफ्नो जातिलाई मात्र उत्थान गर्दा पार्टीमा यादवकै बहुल्याता

एसीपी संवाददाता

२० श्रावण २०७८, बुधबार १०:५३ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रका सबै संरचनामा यादववाद लागु गरेका छन् । यद्यपि यादवको पार्टीले सुरुदेखि नै समावेशी सिद्धान्तलाई पार्टीको मूल सिद्धान्त मान्दै आएको छ ।राज्यको हरेक निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्वको माग गर्दै यादवले २०६४ साल देखि आन्दोलन गर्दै आएका छन् । यस क्रममा मधेसमा दुई वटा ठुला-ठूला आन्दोलन भए । प्रतिनिधि सभामा जसपाका २० जना सांसद छन् । तीमध्ये ९ जना सांसद यादव समुदायका मात्र छन् ।यादव समुदायका सांसदहरूमा उपेन्द्र यादव, महेन्द्र यादव, राज किशोर यादव, रेणु यादव, रामसहाय यादव, सुरेन्द्र यादव, सूर्यनारायण यादव, रामबाबु यादव र प्रदीप यादव छन् ।महन्थ ठाकुर पक्षका दुई यादव समुदायका सांसद महेन्द्र यादव र राज किशोर यादवले पनि कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन् । यसबाट उपेन्द्र यादवको पार्टीमा यादव समुदायको प्रतिनिधित्व गर्ने अरू दुई जना सांसद थपिएका छन् ।यसै गरी राष्ट्रिय सभामा जसपाका दुई सांसदमध्ये दुई जानै यादव समुदायका छन् । राष्ट्रिय सभामा जसपाबाट मृगेन्द्रसिंह यादव र प्रमीला यादवले प्रतिनिधित्व गरेका छन् ।प्रदेश २ मा जसपाका ३३ सांसद मध्ये १५ सांसद यादव समुदायका छन् । यादव समुदायका प्रदेश सांसदहरूमा जयराम यादव, अभिषेक यादव, विजय यादव, सैलेन्द्रकुमार यादव, रामआशिष यादव, ज्ञानेन्द्र यादव, कौशल यादव, अशोक यादव छन् ।यसै गरी सञ्जय यादव, योगेन्द्र यादव, राम किशोर यादव, उषा यादव, उपमा कुमारी यादव, भिमा यादव र किरणकुमारी राय यादव पनि यादव समुदायबाट प्रदेश २ का सांसद हुन् ।जसपाको कार्यकारिणी समितिमा पनि यादवहरूकै बाहुल्यता छ । उपेन्द्र यादव, महेन्द्र यादव, राज किशोर यादव, रेणु यादव, रामसहाय यादव, मृगेन्द्रसिंह यादव, रमेश यादव, गजाधर यादव, रामनरेश राय यादव, विजय यादव लगायतका यादव समुदायका छन् । हाम्राकुराबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x