पाकिस्तानको धार्मिक गुट र राजनीतिज्ञहरू अफगानिस्तान युद्धमा संलग्न
एजेन्सी । अफगानिस्तानभरिका धार्मिक विद्वानहरूको ठूलो समूहले सोमबार भेला गर्दै पाकिस्तानको धार्मिक गुट र राजनीतिज्ञहरू अफगानिस्तान युद्धमा संलग्न भएको आरोप लगाएका छन् ।
तोलो न्युजका अनुसार अफगान धर्म गुरुहरुलाई अफगान सरकार र तालिबानले युद्धविराममा सहमति जनाउनु, शान्तिको लागि प्रयास गर्न र जनता र देशलाई “विनाश र हत्या” ल्याउने हिंसा रोक्न आग्रह गरेका थिए ।
अफगानिस्तानमा पछिल्लो समय व्यापक वृद्धि भएको, नागरिकहरूको व्यापक विस्थापन र केही प्रान्तमा पूर्वाधारमा भएको क्षतिलाई औंल्याउँदै विद्वानहरूले रक्तपातलाई अन्त्य गर्नु जरुरी रहेको बताएका छन् ।
इस्लामले युद्धलाई “निषेधित” भनेको र द्वन्द्वलाई स्थगत गर्न घोषणा गरेकोसमेत बताएका छन् । मौलवीहरूले यदि तालिबान समूहले शान्तिमा जान अस्वीकार गरेमा अफगानले तालिबानविरूद्ध खडा हुने बताइएको छ । उनीहरूले पनि सरकारलाई शान्ति मार्गमा अवरोध नबनाउन आग्रह गरेका छन् ।
“पाकिस्तानी धार्मिक विद्वान र यसको सरकारले हाम्रो देशमा हस्तक्षेप गरिरहेको छ,” धार्मिक विद्वान् परिषद्का प्रमुख हिसमुद्दीन हिसमले भने । उनीहरूले धार्मिक विद्वानहरु विरुद्ध लक्षित आक्रमण रोक्न असफल भएकोमा सरकारलाई दोष दिएका छन् ।
“धार्मिक विद्वानहरूको पक्राउ रोक्नुपर्दछ, धार्मिक विद्वानहरूको लक्षित हत्या बन्द हुनुपर्दछ र तालिबानबाट हाम्रो माग भनेको युद्धविराममा सहमति हुनुपर्दछ,” काबुल धार्मिक विद्वान परिषद्का प्रमुख अब्दुल कादिर कनिटले भने ।
अफगानिस्तानबाट अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँगै तालिबानी समूहले आक्रमणलाई तीव्र बनाएको छ । उक्त आक्रमणलाई रोक्न पनि सरकारले आह्वान गरेको छ ।


