पाकिस्तान सरकार विरुद्ध बलुचिस्तानमा प्रदर्शन गर्ने तयारी
क्वेटा । पाकिस्तान सरकारले बलूचिस्तानप्रति गलत नीति र भेदभावपूर्ण व्यवहार गरेको भन्दै विपक्षी पार्टी जमिअत उलेमा-इस्लाम-फजल (जेयूआई-एफ) का प्रान्तीय प्रमुख मौलाना अब्दुल वासेले विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
उनले पाकिस्तान सरकार जनताको समस्या समाधान गर्न असफल भएको समेत बताएका छन् ।
नेशनल एसेम्ब्लीका सदस्य रहेका मौलाना वासेले प्रान्तीय सरकारविरूद्ध जुलाई २९ मा क्वेटा र प्रान्तको अन्य जिल्ला सदरमुकामहरुमा विरोध आन्दोलन प्रदर्शन गर्ने बताएका छन् ।
“असक्षम र छनोट गरिएको बजेट पनि सरकार वितरण गर्न असफल भएको छ। यसले विगत तीन वर्षमा आफ्ना प्रतिज्ञाहरू पूरा नगरी जनतालाई मात्र निराश तुल्याएको छ,” उनले भने, “जनताले प्रचण्ड गर्मीको समयमा पनि धेरै घण्टासम्म विद्युत लोडसेडिङको सामना गरिरहेका छन् ।”
“जनताको विरोधको बाबजुद सरकारले क्वेटा इलेक्ट्रिक सप्लाई कम्पनीका पदाधिकारीहरू विरुद्ध कुनै कारबाही गरेको छैन । किनभने लोडसेडिङ र अत्यधिक गर्मीले बलूचिस्तानमा बगैंचा र बाली नष्ट गर्दैछ,” मौलानाले भने ।
समस्या समाधानका लागि सरकार अग्रसर नभएको अवस्थामा बलूचिस्तान सरकारविरुद्ध आन्दोलन सञ्चालन गरिने जनाइएको छ ।
जेयूआई-एफका नेताले अत्यावश्यक चीजहरूको मूल्यमा आकाशिएकोप्रति पनि अस्तुष्टि व्यक्त गरेका छन् ।
उनले सरकारले तीन वर्ष सत्तामा रहे पनि नयाँ राष्ट्रिय वित्त आयोगको पुरस्कार दिन असफल भएको बताएका छन् । एजेन्सी


