१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टीको युवा प्रशिक्षण सम्पन्न

एसीपी संवाददाता

२४ श्रावण २०७८, आईतवार ०८:२० मा प्रकाशित

मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद शेष तथा डुडुवा गाउपालिका अध्यक्ष राम निवास शाहको आयोजनामा गरिएको प्रशिक्षण भब्यरूपमा सम्पन्न गरिएको हो।
आजको प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका नेता इरफान अहमद शेष, केन्द्रीय सदस्य जोया शेष, महिला जनमत संघ बाँकेकी अध्यक्ष नीतु सिंह, उपाध्यक्ष शान्ति गोडिया, जिल्ला सदस्य मुजफ्फर अलि, युवा नेता मो.फारूक हासमी, जिल्ला सदस्य अयुब शाह, जिल्ला सदस्य महिला जनमत संघ बाँकेकी जिल्ला सदस्यद्वय निलम तमोली, पुष्पा हरिजन, जिल्ला सदस्य बिके सोनकर, राम किशुन बर्मा, पदेन जिल्ला सदस्य तिरथ खटिक, युवा जनमत संघ बाँके जिल्ला सदस्य नसिम सल्मानी, जिल्ला अध्यक्ष अनुशासन बाँके नौसाद अंसारी, मुस्लिम जनमत संघ जिल्ला सदस्य सफिक जसगड लगायतका नेताहरूको व्यापक उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको छ।
यस प्रशिक्षणको मुख्य उद्देश्य युवा कार्यकर्ताहरुलाई चुस्तदुरुस्त बनाइ राख्नको लागि मात्र भएको जानकारी नेता अब्दुल वाहिद शेषले जनाएका छन साथै छिट्टै नेपालगन्ज उपमहानगरपालिकामा समेत यस्ता कार्यक्रम आयोजन गरि कोबिड-१९ बारे सचेतना रैली समेत आयोजन गर्ने नेता अब्दुल वाहिद शेषले जनाएका छन, अब आउनेदिनमा कोबिड-१९को तेस्रो लहर बारे जनतालाई सचेत बनाउनको लागि ठुलो मात्रामा स्वयंसेवक परिचालन गरि सचेतना फैलाउने मुख्य उद्देश्य रहेको समेत नेता अब्दुल वाहिदले जनाएका छन, जनमत पार्टी बाँकेका अर्का जुझारू नेता नौसाद अन्सारीले प्रशिक्षण दिइने बेलामा संगठन बिस्तार एंव अनुसासन बारे प्रकाश पारेका थिए।
यस्तै डुडुवा गाउँ पालिकाका जनमत पार्टीको अध्यक्ष राम निवास शाहले यस्तो कार्यक्रम पूरै गाउपालिकामा आयोजन गर्ने उद्देश्य रहेको जनाएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x