१२ मंसिर २०८३, शुक्रबार

जसपालाई दर्ता अगाडिको अवस्थामा फर्काउन माग बारे सुनुवाई हुँदै

एसीपी संवाददाता

२५ श्रावण २०७८, सोमबार ०६:१८ मा प्रकाशित

जनता समाजवादी पार्टी(जसपा)लाई दर्ता अगाडिको अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ। जसपाको एकता प्रक्रिया नै त्रुटि रहेकाले एकता अघिकै अवस्थामा फर्काउन माग गर्दै दायर गरिएको उक्त रिटमाथि सुनुवाई तोकिएको हो ।

अधिवक्ता राजकुमार थापा लगायलते दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाको इजलास तोकिएको छ। रिट निवेदक अधिवक्ता थापाका अनुसार राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जसपाको एकता प्रकृया सुरुदेखि नै प्रक्रिया संगत नरहेकाले एकता बदर गर्न माग गरिएको छ ।

सर्वोच्चले आज अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि बोलाएको हो । निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ। जसपाको आधिकारीकता यादव पक्षले पाएपछि महन्थ ठाकुर पक्ष दलविहीन अवश्थामा रहेको छ। जसपाको आधिकारीकताको विषय निर्वाचन आयोगमा रहेकै समयमा असार २७ मा पार्टी एकता बदर गर्न माग गर्दै सर्वोच्चमा रिठ दर्ता भएको थियो। रिटमा आयोग समेतलाई विपक्षी बनाइएको छ। नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x