१२ मंसिर २०८३, शुक्रबार

अब अल्पमतको डरले राजीनामा दिदै मुख्यमन्त्री पोख्रेल

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार ०४:१७ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिदै छन । प्रदेशसभामा अल्पमतमा पर्ने सभावना देखिन साथ पोखरेलले राजीनामा दिन लागेको एक जना नेताले बताएका छ्न । लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिने श्रोतले जनाएको हो ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भनिएको छ । मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न अधिवेशन बोलाईएको हो ।

अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुँदै छ । अविश्वासको प्रस्ताव टेबुल भएपछि बुधबार नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नियमका केही बाझिन सकिने श्रोतको दावी छ । जसपा ४ जना सासद कार्यवाहीमा पर्दा अबिश्वास प्रस्ताव झन बलियो भएको हो ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गर्दै बैठकको माङ गरेका थिए ।

८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा नेकपा एमाले माधवनेपाल पक्षसहित का ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ । विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् । लुम्बिनी प्रदेश सरकार गिराउने बचाउने खेल धेर हुँदै आएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x