१२ मंसिर २०८३, शुक्रबार

थारुवान मोर्चाद्वारा भाद्र १ गते देखि धर्ना शुरु

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार १५:४९ मा प्रकाशित

नेपालमा थारु समुदायको हक अधिकार , समानता , दासता बिरुद्व विभिन्न कार्यक्रम गर्दै आएको थरुहट थारुवान राष्ट्रिय मोर्चाले धर्ना अभियान गर्दै छ । तराईका विभिन्न जिल्लामा आफ्नो संगठनलाई सक्रिय बनाउदै आएको मोर्चाले शनिबार राजधानीमा आयोजना गरिएको बिचार गोष्ठीमा थारु अगुवाहरुले हक अधिकारका लागि लडनु परेमा आफू भुमिगत सम्म हुन सक्ने बताएका थिए । नेपाल सरकारले थारुहरुको विभिन्न माङलाई सम्बोधन गर्न भने पनि त्यो कुरामा मात्र सिमित भएको आरोप लगाएका छन । अहिले नेपाल सरकारले सुनुवाइ नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताएका हुन । कमैया मुक्ति भने पनि खस मानशिकता बोकेकाहरुले थारु समुदायलाई हक अधिकार दिन नचाहेको आरोप लगाएका छन । चिनको वुहानबाट शुरु भएको कोरोना भाईरसका कारण थारु आन्दोलन स्थागित हुँदै आएको थियो । टीकापुर घटनाको नाममा थारु सासद रेशम चौधरी , मोर्चाका सयोजल लक्ष्मण थारु लगाएतका नेता कार्यकर्ता माथि मुद्दा अनि सजाय समेत तोकेको छ तर त्यो अन्याय पुर्ण निर्णय खरिज नभए सम्म आफूहरु चुप लागेर नबस्ने मोर्चाले जनाएको छ । राजधानीबाट मोर्चाले आफ्नो आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x