१२ मंसिर २०८३, शुक्रबार

हिन्दु धर्मका बिरोधि तत्वलाई पुर्बमन्त्री गोकुल बाँस्कोटाको कडा जवाफ

एसीपी संवाददाता

३१ श्रावण २०७८, आईतवार १०:२३ मा प्रकाशित

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले धर्म विरोधीहरुलाई जवाफ दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं प्रथम महिला आरजु राणा देउवाले बालुवाटारमा नाथस्थान स्थापना गरी नाग पूजा गर्दा माओवादी र माओवादीबाट चोइटिएका शक्तिहरु आहुती ग्रुपले विरोध गरेका बेला बाँस्कोटाले व्यक्ति धर्म संस्कृतिबाट अलग नहुने भन्दै जवाफ दिएका हुन् ।

पछिल्लो समय जातसँग जोडेर समेत धर्ममाथि ठाडै प्रहार भइरहेका बेला नेता बाँस्कोटाले जातीय छुवाछुत हिन्दु संस्कृतिको अंग नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘ब्यक्ति र घर्म संस्कृति जोडिएकै छ । थिएन भने भैसी पुजा र होली वाइन समारोह किन आयोजना गरिए ? ज्वलहरी र राम मन्दिरको विरोध चै किन ? युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो । छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होइन । लुकेर चिना हेराउनी,फुटानी लाउने ।’ नेपालपाना

Gokul Baskota Fb Status.png

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x