१२ मंसिर २०८३, शुक्रबार

हिन्दु रास्ट्रको लागि जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय हो – भारतिय नेता उपाध्यय

एसीपी संवाददाता

२ भाद्र २०७८, बुधबार ११:०४ मा प्रकाशित

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले हिन्दूराष्ट्रका बिषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताउनुभएको छ ।

बुधबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा उहाले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको टिप्पणी गनुृभयो । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उहाकोभ नाई छ । उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने दाबी गर्नुभयो ।  उहाले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पार्नुभयो । उहाले नेपालमा नाकाबन्दी नलगाएको पनि दाबीपनि गर्नुभयो ।

उपाध्यायले नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले अलि–अलि समस्या हुनु स्वभाविक भएको धारणा राख्नुभयो । नेपालमा केही दिन साझा पार्टीले एउटा प्रतिवेदनमा हिन्दु राष्ट्रको मुद्दा उठाएको थियो । अहिले चारै तिर नेपाललाई पुनः हिन्दु राष्ट्र हुनु पर्छ भनाइ आई रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x