१२ मंसिर २०८३, शुक्रबार

जसपाको केन्द्रिय सदस्य सपथ ग्रहण कार्यक्रममा धन्नै कुटिेेए थे अध्यक्ष उपेन्द्र यादव

एसीपी संवाददाता

२ भाद्र २०७८, बुधबार १६:०५ मा प्रकाशित

काठमाडौं । उपेन्द्र यादवले कब्जा गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालको मंगलवार केन्द्रीय समितिको प्रथम बैठक बस्यो ।

बैठकमा निर्वाचन आयोगबाट बहुमतका आधारमा आधिकारिकता पाएपछि मनपरी ढंगले गठन गरिएको समितिका ५११ केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम थियो । तर उपेन्द्रको कार्यशैलीले बैठक तनावग्रस्त बन्यो ।

सपथ लिन पुगेका केन्द्रीय सदस्यहरु नै उपेन्द्रको विरुद्धमा नाराबाजी मात्र होइन हात हाल्नै तम्सिए । गत वर्ष वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर उपेन्द्र यादवको पार्टी फुटाउन खोजेका थिए ।

रेणु यादवदेखि प्रदीप यादवसम्म गृहकार्यमा थिए । तर अन्तिममा डा सुरेन्द्र यादवले धोका दिँदा असफल भयो ।

ओलीले पार्टी फुटाउन सक्ने खतरा कायमै भएका बेला उपेन्द्र शरण माग्दै तत्कालीन राजपाका अध्यक्ष महन्थ ठाकुरको शरणमा पुगे ।

FB_IMG_1629251043101.jpg

तपाई नै सबकुछ हो भनेर उपेन्द्रले शरण मागेपछि महन्थले उनको पार्टीमात्र जोगाइदिएनन् आफ्नै पार्टी राजपासँग एकीकरण गरेर ठूलो दल जसपा बनाए र ठूलो दलको अध्यक्ष पनि बनाइदिए ।

महन्थले देखाएको यो उदारतालाई उपेन्द्रले सत्ताका लागि घात गरे । अन्तत एकताको एक वर्षपछि बहुमतको बलमा सत्ताका लागि पार्टी नै कब्जा गरे ।

जसले शरण दियो उसैलाई नै पार्टीबाट निकालेर पार्टी कब्जा गरे त्यो पनि सत्ताका लागि ।

आजको बैठक त्यही पृष्ठभूमिमा बसेको थियो । तर बैठकमा उपेन्द्रको कार्यशैली उनलाई नै महंगो पर्यो ।

कम्युनिस्ट स्कुलिङमा हुर्किएका उपेन्द्रलाई मिनि प्रचण्ड पनि भन्ने गरिन्छ । अर्थात उनी प्रचण्डको अर्को अवतार हुन् । प्रचण्ड जहिले पनि एउटा राजा वा निरंकुश शासकजस्तै नेतृत्वमा छन् ।

त्यस्तै अभ्यासमा छन् उपेन्द्र । मधेस आन्दोलनदेखि उनी नै नेतृत्वमा छन् । मंगलवार बसेको केन्द्रीय समिति बैठकमा उपेन्द्र नेतृत्वमा त थिए नै त्यसभन्दा माथि ‘बादशाह’ बन्न खोजे । 

विगतमा एमाले अध्यक्ष केपी ओलीलाई प्रतिगमन भनेर विरोध गरेर अहिले सत्तामा आएका उपेन्द्रले ओलीकै शैली अनुशरण गरे । तत्कालीन नेकपा हुँदा ओलीले आफूलाई प्रथम अध्यक्ष भन्दै पार्टीको बैठकमा आफ्नो लागि विशिष्ट सोफा अगाडि र प्रचण्ड तथा माधव सहित अरुका लागि अर्को खालको टेबल त्यो पनि पछाडि राखेका थिए । जसले अपमान भएको भन्दै प्रचण्ड र माधवले गुनासो गरेका थिए । पछि ओलीले सच्याएर समान बनाएका थिए ।

अहिले उपेन्द्र पनि त्यहीँ शैलीमा अघि बढेका छन् । मंगलवारको केन्द्रीय समिति बैठकमा उपेन्द्रको विशिष्ट सोफा थियो ।

बाबुराम भट्टराई, महेन्द्रराय यादव र अशोक राईलाई हेपेर फरक सोफामा राखियो । मञ्चमा प्रष्टै विभेद देखिन्थ्यो । उपेन्द्र यादव ओलीजस्तै विशिष्ट सोफामा बसेर बादशाह बन्न खोजे ।

जसले हिजोका दिनमा त्यसरी सोफामा बस्ने ओलीलाई निरंकुश बनेर विरोध गरेर आयो आज तिनै उपेन्द्र विशिष्ट सोफामा बसेर निरंकुश र अरुभन्दा आफू ठूलो हो भन्ने हिसाबले अघि बढेपछि जसपामा बबण्डर भएको छ ।

केन्द्रीय समिति बैठक चलिरहँदा केही केन्द्रीय सदस्य उठेर नाराबाजी गर्न लागे । ‘हिजो त्यही ओली प्रवृत्तिको हामीले विरोध गर्ने, अहिले ओली प्रवृत्ति अंगाल्ने उपेन्द्र मुर्दावाद’ भनेर नाराबाजी गरे ।

त्यहाँ उपस्थित केन्द्रीय सदस्य र युवाहरुले उपेन्द्र मुर्दावाद, बोलीमा एउटा व्यवहार निरंकुश देखाउने, फरक सोफा राख्ने अधिकार कसले दियो भनेर नाराबाजी गर्दै उपेन्द्रलाई कुट्नै अघि बढेका थिए ।

received_1155123774979250.jpeg

युवाहरुको नाराबाजीका बिच विशिष्ट सोफामा बसिरहेका उपेन्द्र कालोनिलो भएका थिए । केन्द्रीय सदस्यताका साथ युवाहरु आक्रोशित हुँदै अघि बढ्दा तनावग्रस्त स्थितिलाई सम्हाल्न अपमान सहेर फरक सोफामा बसेका बाबुराम अघि बढे ।

साथीहरु बस्नुस्, के समस्या हामी मिलाउँछौ भनेर स्थिति सामान्य पार्ने प्रयास गरे । आक्रोशित युवा र केन्द्रीय सदस्यले ‘हिजो ओली प्रवृत्तिको विरोध गरेर आज अंगाल्ने, राजा बन्न खोज्ने, तपाई यस्तो, तपाई उस्तो, तपाईलाई अब छोडिँदैन, कुट्छौं’ भन्दै झन् आक्रोश पोखेका थिए ।

बाबुरामले थप सम्झाउँदै भीडलाई शान्त पार्ने प्रयास गरेका थिए । अरु नेताहरु भने बोल्न सकेनन् । उपेन्द्र पनि बोल्न सकेनन् ।

पहिलो बैठकमा अनायाशै सान्नटा छायो । केन्द्रीय समितिमा केन्द्रीय सदस्य तथा युवाहरुले उपेन्द्रको निरंकुश शैलीको भण्डाफोर गरेपछि उपेन्द्रसँग निरीह केन्द्रीय सदस्य तथा नेताहरुले विरोध गर्ने समूहका सदस्यलाई फोन गरेर राम्रो गर्यौ भनेर प्रशंसा गरेका थिए ।

ओली प्रवृत्ति अंगाल्ने उपेन्द्रबाट जसपा पार नलाग्ने भन्दै उनीहरुले अब आफूहरु पनि विकल्प खोज्ने बताएका थिए ।

उपेन्द्रको भण्डाफोर गर्ने नेताहरुलाई महन्थ ठाकुर समूह छाडेकाहरुले पनि फोन गरेर समर्थन जनाएका थिए । उनीहरुले उपेन्द्रको स्वेच्छारीविरुद्ध बोलेको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

आजको घटनाले जसपाको तल्लो कमिटीमा समेत तरंग ल्याएको छ ।नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x